अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यो बजेटले जनताको हित गर्दैन : खगराज अधिकारी

यो बजेटले जनताको हित गर्दैन : खगराज अधिकारी


काठमाडौं – नेकपा एमालेका नेता तथा सांसद खगराज अधिकारीले वर्तमान सरकारले ल्याएको बजेटले जनताको हित नगर्ने बताउनुभएको छ ।

बिहीबार संसदमा बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद् अधिकारीले भन्नुभयो, ‘आगामी आर्थिक वर्षको बजेट जनताको हित गर्ने पक्षमा छैन, यो जनता विरोधी हो । बजेट तल्लो तहका कर्मचारीको पक्षमा छैन । शब्दमा आकर्षक, आकाशका जुन तारा झार्ने गरी बजेट वक्तव्य छ । सारमा धेरै कुराको चुनौती खडा गरेको छ ।’

उहाँले सरकारले निर्यात दुई गुणा बढाउने भनेपनि निर्यात प्रतिस्थापन गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । स्वदेशी उद्योगलाई थला पार्ने गरी सेनेटेरी प्याड उत्पादनलाई प्रोत्साहनमा रोक लगाउने गरी बजेट आएको धारणा राख्नुभयो । उहाँले स्वास्थ्य बीमालाई सरकारले प्राइभेट कम्पनीलाई दिन लागेको भन्दै आपत्ति जनाउनुभयो ।