अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खगराज अधिकारीकाे प्रश्न – आकाशका जुन तारा झार्ने गरी बजेट ल्याइयो, यो सरकार कसरी समाजवादी भन्ने ?

खगराज अधिकारीकाे प्रश्न – आकाशका जुन तारा झार्ने गरी बजेट ल्याइयो, यो सरकार कसरी समाजवादी भन्ने ?


काठमाडौं – एमाले नेता तथा सांसद खगराज अधिकारीले आकाशका जुन तारा झार्ने गरी बजेट आएको बताउँदै यसले जनताको हित नगर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९/८० को आयव्ययमाथि सामान्य छलफलमा भाग लिँदै उहाँले २० प्रतिशत अपार्टमेन्ट विदेशी नागरिकलाई दिने भनिए पनि अमूक कुन व्यापारीलाई दिन खोजिएको हो ? भन्दै प्रश्न गर्नुभयो । ‘यो जनता विरोधी सरकार हो । न्यून वेतन कर्मचारीको तलब बढेको छैन । केही कर्मचारीको मात्र १५ प्रतिशत बढेको छ । अनि यो सरकार कसरी समाजवादी हुन्छ,’ अधिकारीले भन्नुभयो ।

बजेटमाथि समान्य छलफल हुँदा पनि अर्थमन्त्री सदनमा उपस्थित नहुनुले व्यवस्थालाई नै गिज्याएको उहाँको भनाइ छ ।

उनले अहिले सेयर बजार राताम्मे भएको बताउनुभयो । समाजवादी उन्मुख सरकारमा किन सेयर बजार घट्यो ? स्यानिटरी प्याडको कच्चा पदार्थ आयातमा ९० प्रतिशत छुट दिने भनिएको आफू निकट व्यापारीलाई पोस्न ल्याइएको उहाँले बताउनुभयो । शिक्षा र स्वास्थ्यमा बजेट घटाइएको भन्दै उनले आपत्ति जनाउनुभयो ।