अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ नियमको विरोध गर्दै यतिले उडाएन जहाज, यात्रु मर्कामा

नयाँ नियमको विरोध गर्दै यतिले उडाएन जहाज, यात्रु मर्कामा


काठमाडौं – हवाई दुर्घटना कम गर्न भन्दै ल्याइएको नयाँ नियमको विरोध गर्दै आज यति एयरलाइन्सले आफ्ना सबै उडान रोकेको छ ।

भिजिबिलिटीसम्बन्धी जानकारी दिने निकायबीचको अन्योलका कारण उडान नै प्रभावित हुन थालेपछि यतिले विरोधस्वरुप उडान रद्द गर्ने निर्णय गरेको हो ।

‘इनरुट’ सम्बन्धी अन्योलकै कारण हिजो पनि काठमाडौंबाट ‘स्टल सेक्टर’मा हुने उडान प्रभावित भएको थियो ।

मौसम सफा भए पनि ‘इनरुट’ को मौसमसम्बन्धी जानकारी कसले दिने भन्ने अन्योलका कारण समस्या भएको यति एयरलाइन्सका प्रवक्ता सदर्शन बर्तौलाले बताउनुभयो ।

‘कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, विभागले प्रष्ट जानकारी दिएको छैन । जसले एअरलाईन्सहरुलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको छ’, उहाँले भन्नुभयो ।

पाइलटहरुले मौसम सफा रहेको भने पनि उडानमा समस्या आएको उहाँको भनाई छ । सरोकारवाला निकायबीच आवश्यक समन्वयबिना नै यस्तो निर्णय गर्दा समस्या परेको उहाँ बताउनुहुन्छ । उडान प्रभावित हुँदा यात्रु मारमा परेका छन् ।