काठमाडौँ – नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पुनः ताला लगाएको छ । साढे ४ महिना पहिलेदेखिको ताला हिजो नेकपा क्रान्तिकारीका कार्यकर्ताले तोडेको भोलिपल्ट नेविसंघले फेरि ताला लगाएको हो ।
नेविसंघले लगाएको ताला त्रिविका पदाधिकारीले तोड्न लगाएको आरोप लगाउँदै नेविसंघले वार्ता र संवाद गर्नुको साटो ताला तोड्न त्रिविका पदाधिकारी लागेको आरोप पनि लगाएका छन् ।
तालाबन्दि गर्दै निकालिएको विज्ञप्तिमा केन्द्रीय कार्यलयमा तालाबन्दी यथावत रहेको भन्दै अन्यथा नेविसंघ सशक्त प्रतिकारमा उत्रने र उत्पन्न हुने परिस्थितिको जिम्मेवारी उपकुलपति कार्यालय हुने चेतावनी दिइएको छ ।
नेविसंघले गएको माघ ७ गतेदेखि त्रिविका उपकुलपति कार्यालय, शिक्षाध्यक्षको कार्यालय र रजिस्टारको कार्यालयमा ताला लगाएको थियो यस्तै आंशिक प्राध्यापक संघर्ष समितिले माघ २२ अर्को ताला लगाएको थियो । उक्त ताला बुधबार नेपाल कम्प्युनिस्ट पार्टी (क्रान्तिकारी) का कार्यकर्ताले तोडेका थिए ।
हेर्नुस् विज्ञप्ति
प्रतिक्रिया