काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाण्डेको समाधिस्थल पुगेर शालिकमा माल्यार्पण गर्नुभएको छ ।
बिहीबार काठमाडौंको चन्द्रागिरि नगरपालिका दहचोकस्थित काजी कालु पाण्डेको समाधिस्थल पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति प्रभुराम शर्मालगायतले माल्यार्पण गर्नुभएको हो ।

नेपाल एकीकरणमा योगदान दिनुभएका कालु पाण्डेको स्मरण गर्दै प्रत्येक वर्ष १९ जेठमा उहाँको जन्मजयन्ती मनाउने गरिएको छ ।
२६५औं जन्म जयन्ती अवसर पारेर बिहीबार दहचोकमा गरिएको कार्यक्रममा राष्ट्रपति, प्रधानसेनापति, सरकारका उच्च अधिकारीलगायतले कालु पाण्डेलाई सम्झिनुभयो ।

पाण्डेले ४४ वर्षको उमेरमा नेपाल एकीकरणका लागि जीवन बलिदानी गरेको स्मरण इतिहासमा उल्लेख छ । कार्यक्रममा कालु पाण्डेका परिवारका सदस्य, चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी, स्थानीबासीको उपस्थिति थियो ।








प्रतिक्रिया