अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पल शाहको मुद्दाबारे उच्च अदालतमा बहस चल्दै

पल शाहको मुद्दाबारे उच्च अदालतमा बहस चल्दै


पोखरा – एक नाबालिग गायिकामाथि बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा बहस सुरू भएको छ ।

न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरूले बहस गरिरहेका छन् । पल शाहको ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्दैछन् ।

उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरूले निवेदन दिएका थिए । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए । १० चैतमा  उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको थियो । १५ चैतमा  उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी  निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी  सरिसकेको छ ।