अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इन्धनमा मूल्यवृद्धिको विरोध गर्दै लुभुका किसानले घेरे आयल निगम

इन्धनमा मूल्यवृद्धिको विरोध गर्दै लुभुका किसानले घेरे आयल निगम


काठमाडौं – पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिका कारण दैनिक जीवन कष्टकर बनेको भन्दै ललितपुरको लुभुका किसानले आयल निगम घेराउ गरेका छन् ।

लुभुमा जग्गा भाडामा लिएर खेती गरिरहेका किसानहरुले प्रतिरोधको आयोजनामा आयल निगम घेराउ गरेका हुन् ।

उनीहरुले तत्काल मुल्यवृद्धि फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

‘हामी किसानहरुलाई मुल्यवृद्धिका कारण बाँच्न कठिन परिरहेको छ, राज्यले हामीलाई जहिल्यै मारमा पार्दै आइरहेको छ’, कार्यक्रममा किसान तथा समाजवादी कृषि आन्दोलनका संयोजक अमृत विकले भन्नुभयो, ‘किसानसँग लड्नुको विकल्प कहिल्यै थिएन र अहिले पनि किसानलाई माथि उठ्न नदिने प्रपन्च निरन्तर छ, श्रमजीवीले समस्या भोग्नुपर्ने तर भ्रष्टाचारी र कमिसनखोरले आरामको जीवन बाँच्ने परिस्थितिसँग हामी डटेर लड्नेछौं ।’