अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट लक्ष्यहिन र सेटिङ नै सेटिङको पुलिन्दा: नारदमुनि राना

बजेट लक्ष्यहिन र सेटिङ नै सेटिङको पुलिन्दा: नारदमुनि राना


काठमाडौं – नेकपा एमालेका सांसद नारदमुनि रानाले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट लक्ष्यहिन र सेटिङ नै सेटिङको पुलिन्दा रहेको बताउनु भएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले बजेट हावादारी, लक्ष्यहिन, गन्न्तव्यहिन र सेटिङ नै सेटिङको पोको रहेको बताउनु भएको हो ।

नारदमुनि रानाले भन्नुभयो, ‘संविधानले समाजवाद उन्मुख, स्वतन्त्र र आत्मनिर्भर कुरा गरेको छ । तर, यो बजेटमा यस्ता कार्यक्रमलाई सम्बोधन गर्ने गरी कहीँ पनि उल्लेख भएको भेटिँदैन । बजेट चुनावमुखी, वितरणमुखी, गठबन्धनमुखी र कार्यकर्ता पोस्ने गरी बजेट ल्याएको छ । यो बजेट हावादारी, लक्ष्यहिन, गन्तव्यहिन र सेटिङ नै सेटिङको पोको हो । जुन पाना पल्ट्यायो, त्यही पान्नामा सेटिङको गन्ध भेटिन्छ ।’