अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौंबाट अवैध मोबाइल बेच्ने भारतीय नागरिक पक्राउ

काठमाडौंबाट अवैध मोबाइल बेच्ने भारतीय नागरिक पक्राउ


काठमाडौं – प्रहरीले काठमाडौंबाट भन्सार छलि चोरी पैठारी गरी ल्याइएका मोबाइललसहित एक भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित बैशाली जिल्ला, भेरोखरा घर भइ हाल कंलकी बस्ने जमशेद अलि रहेका छन्।

अलिले भारतबाट भन्सार छलि चोरी-पैठारी गरी ल्याई मोबाइल बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा निजले सञ्चालन गरेको जेम्स मोबाइल रिपेयर पसलमा खानतलासी गरेको थियो। त्यसक्रममा भन्सार छलि ल्याई बिक्री वितरण गर्ने उदेश्यले राखेका विभिन्न मोडलका १३ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक कारबाहीको लागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको छ।