अछाम – अछाममा जिल्ला समन्वय समितिका लागि नेकपा एमालेबाट प्यानलसहित उम्मेदवारी दर्ता गरेको छ ।
जेठ २१ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनको लागि एमालेले दुर्गाप्रसाद भण्डारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको एमाले अछामका अध्यक्ष चन्द्र बोहराले बताउनु भयो ।
मंगलसेन नगरपालिका वडा-६ बाट वडा सदस्यमा निर्वाचित भण्डारीलाई पार्टीले सिफारिस गरेपछि समन्वय प्रमुखमा उम्मेदवारी दर्ता गरिएको हो । दुई पालिका प्रमुख र चार पालिका उपप्रमुख जितेको एमालेले गठबन्धनविरुद्ध प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।
नेकपा एमालेका तर्फबाट समन्वय समिति उपप्रमुखमा पुतली रावलको उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी सदस्यमा भूपेन्द्र महता, भानसिंह साउद, बज्जीर थापा, सुरत कामी, जमुना बिक, झुप्री कुमारी केसी र निर्मला भुलले उम्मेदवारी दर्ता गरेको एमाले जिल्ला सचिव भीमबहादुर रावलले जानकारी दिनु भयो ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको तर्फबाट काँग्रेसले प्रमुख, उपप्रमुखसहित ७ सदस्य तथा माओवादी केन्द्र र एकीकृत समाजवादीले एक-एक सदस्य पाएका छन् ।





प्रतिक्रिया