अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल र प्रचण्डलाई शंकर पोखरेलको जवाफ : एमाले सरकार परिवर्तनको खेलमा छैन

माधव नेपाल र प्रचण्डलाई शंकर पोखरेलको जवाफ : एमाले सरकार परिवर्तनको खेलमा छैन



काठमाडौं-माधव नेपाल र प्रचण्डले आफूहरुलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आइरहेको बताइरहदा एमाले महासचिव शंकर पोखरेलले आफुहरु सरकार परिवर्तनको खेलमा नलागेको स्पष्ट पार्नुभएको छ ।
केहीदिन यता नेपाल र प्रचण्डले विभिन्न कार्यक्रममा एमालेप्रति संकेत गर्दै आफूहलाई प्रधानमन्त्रीको अफर आएको बताउदै आउनु भएको छ । महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा लेख्दै एमाले अहिले सरकारको परिवर्तनको खेलमा नभएको स्पष्ट पार्नुभएको हो । उहाँले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुटीरहेको उल्लेख गर्नुभएको छ ।
पोखरेलले लेख्नुभएको छ ‘यतिबेला नेकपा (एमाले) सरकार परिवर्तनको खेलमा छैन । विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुट्दैछ ।’