अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलिम पदार्थको आयातमा विकल्प खोजौं : शेरबहादुर तामाङ

पेट्रोलिम पदार्थको आयातमा विकल्प खोजौं : शेरबहादुर तामाङ


काठमाडौं – नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले ओपेकसहितले भूपरिवेष्ठित राष्ट्रलाई सहुलियत दिने भन्दै पेट्रोलिम पदार्थको वैकल्पिक रूपमा आयात गर्न माग गर्नुभएको छ ।

एमालेका सांसद विशाल भट्टराईसहितले संसद्मा लागेको महँगी नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा बोल्दै उहाँले नाकाबन्दीपछि पनि भारतीय आयल निगमकै एकाधिकार स्वीकार्नु ठूलो कमजोरी भएको र अब यसमा पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।

‘चीनको केरुङबाट पेट्रोलियम आयात गरौँ । केरुङबाट त्रिशूली ओरालो नै पर्छ । पाइपलाइन बिछ्याएर त्रिशूलीमा स्टोरेज निर्माण गरौँ,’ उहाँले भन्नुभयो, ‘त्यसो गरियो भने पेट्रोलियम पदार्थको मूल्य घट्नेछ । मूल्यवृद्धि नियन्त्रणमा आउनेछ ।’