अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारका असंवेदनशील निर्णयले जनता झुन्डिएर मनुपर्ने अवस्था आयो : सांसद मरासिनी

सरकारका असंवेदनशील निर्णयले जनता झुन्डिएर मनुपर्ने अवस्था आयो : सांसद मरासिनी


काठमाडौं – नेकपा (एमाले)का सांसद नारायण मरासिनीले सरकारका असंवेदनशील निर्णयले जनता झुन्डिएर मर्नुपर्ने अवस्था आइपुगेको बताउनुभएको छ ।

शुक्रबार एमालेले प्रस्तुत गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा जरुरी सार्वजनिक प्रस्तावमाथि छलफलमा बोल्दै उहाँले भन्नुभयो, ‘जनताको स्थिति झुन्डिएर मर्नुपर्ने अवस्थामा आइरहेको छ । तर, सरकार संवेदनशील छैन । असंवेदनशीलताको हद सरकारले पास गरिसक्यो ।’

जनताप्रति उत्तरदायित्व लिएका छौँ भन्ने सरकारले जनताको ढाड सेकिरहेको उहाँको भनाई थियो ।