अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

माओवादीको केन्द्रीय समिति बैठक स्थगित


काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैडक स्थगित भएको छ ।

संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । ‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो,’ उहाँले भन्नुभयो, ‘त्यसैले बेलुका बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्ने टुंगो छैन ।’

आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा जवाफ दिएर सक्ने कार्यक्रम छ ।

आज बस्ने भनिएको बैठकमा स्थानीय तहको समीक्षा, एमसीसी र केन्द्रीय समितिको पूर्णता दिने विषयमा छलफल हुने भनिएको थियो । स्थानीय चुनावपछिको पहिलो बैठक बोलाए पनि अन्तिममा स्थगित भएको छ ।