अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नोबेल मेडिकल कलेजका डाक्टर यादव हत्याको विषय संसद्मा, घटना छानविन गर्न माग

नोबेल मेडिकल कलेजका डाक्टर यादव हत्याको विषय संसद्मा, घटना छानविन गर्न माग


काठमाडौं – सांसद सरिताकुमारी गिरीले सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाका डा विजयकुमार यादवको हत्या गरिएको भन्दै निष्पक्ष छानविनको माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सभामुख अग्नीप्रसाद सापकोटासँग समय माग गरी सांसद गिरीले नोबेल मेडिकल कलेजमा हाडजोर्नी विशेषज्ञ डा विजयकुमार यादवको यही जेठ १८ गते राति निर्ममतापूर्वक हत्या गरिएको तर प्रशासनले घटनालाई आत्महत्यातर्फ बङ्ग्याउन खोजेको आरोप लगाउनुभयो ।

डा विजय पाँच वर्षअघि बङ्गलादेशबाट एमबिबिएस अध्यन सकेर नेपाल आएका थिए । सांसद गिरीले भन्नुभयो, “डा विजयको हत्यालाई प्रशासनले आत्महत्या जस्तो देखाउने प्रयास गरे पनि डेरा वरिपरि डा विजयको शव घोप्टो पारिराखिएको थियो, त्यो कम्पाउण्ड बाहिर मृतकको रगत जताततै छरिएको थियो, साथै शरीरमा आक्रमणका चिह्न रहेका थिए तर घटानास्थलमा रहेका प्रमाण नेपाल प्रहरीले नष्ट गर्न खोजेको छ ।”

डा विजयको हत्यामा मेडिकल कलेजकै डाक्टर, कर्मचारी र औषधि पसलेको संलग्नता रहेको मृतकको परिवारले दावी गर्दै आएको सांसद गिरीको भनाइ छ । हत्या काण्डको मसिनो गरी छानविन गर्न एक संसदीय छानविन समिति गठन गरी कृतक परिवारलाई न्याय गर्नुपर्ने सांसद गिरीको भनाइ छ ।