अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार जनताको चासोप्रति बेखबर भएको प्रमाणित भयो : रावल

सरकार जनताको चासोप्रति बेखबर भएको प्रमाणित भयो : रावल


काठमाडौं – नेकपा एमालेका सांसद झपड रावलले सरकार जनताको चासोप्रति बेखबर भएको प्रमाणित भएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको प्रस्तावमाथि बोल्दै उहाँले सरकार जनताको हितमा नरहेको बताउनुभएको हो ।

उहाँले सरकारले जनलाई ठगिरहेको बताउँदै भन्नुभयो, ‘यो सरकार । जनतालाई ढाँट्नका लागि । साँच्चैभन्दा ठग्नका लागि बनेको भन्ने कुरा सरकारको व्यवहारबाट देखिरहेको छ ।’

रावलले सरकारले अघिल्ला दिनमा आश्वासन बाँडेर चुनावको एक दिनपछि नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको समेत बताउनुभयो ।