वीरगञ्ज – मकवानपुरको गढी गाउँपालिका–२ जीपलाइनमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा-२९ र ३० का नव निर्वाचित वडा अध्यक्षहरु क्रमशः ३२ वर्षीय मनोज कुमार यादव र ५२ वर्षीय धर्मेन्द्रप्रसाद महतो थारुसहित ८ जना घाइते भएका छन् ।
घाइते धमेन्द्रको बायाँ गाला र बायाँ हातमा सामान्य चोट लागेको छ भने मनोजको दायाँ कुममा चोट लागेको छ ।
यस्तै घाइते हुनेहरुमा वडा-२४ का वडा सदस्य ३० वर्षीय सद्दाम हुसेन आलम, वडा-२५ का वडा सदस्य ३१ वर्षीय जगदिश साह र वडा-३२ की दलित महिला सदस्य ३१ वर्षीया पुजादेवी राम पनि घाइते भएकी छिन्। उनीहरुको निधार, टाउको, गाला, हातमा चोट लागेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार दुर्घटनामा चालक वीरगञ्ज–२० बस्ने भानु यादव, वडा नं १७ का श्रवण यादव, वीरगञ्ज– २४ बस्ने ४० वर्षीय सन्त यादव पनि घाईते भएका छन् । सवारी चालक भानु भने दुर्घटनापछि फरार छन् ।







प्रतिक्रिया