अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलियमबाट पैसा उठाउने काम बन्द गर्नुपर्छ : मीनेन्द्र रिजाल

पेट्रोलियमबाट पैसा उठाउने काम बन्द गर्नुपर्छ : मीनेन्द्र रिजाल


काठमाडौं नेपाली कांग्रेसका सांसद डा मीनेन्द्र रिजालले पेट्रोलियमको करबाट जे आवश्यकता पनि असुल्ने प्रवृत्ति बन्द हुनुपर्ने बताउनुभएको छ ।

एमाले सांसद विशाल भट्टराईले महँगीविरुद्ध संसद्मा संसद्मा प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा बोल्दै सांसद रिजालले भन्नुभयो, ‘सुरुमा डिजेल र पेट्रोलमा एक रुपैयाँ कर लगाउनु उपयुक्त भए पनि सरकारहरुले अन्य कर बढाउँदै जाँदा समस्या निम्तिएको छ ।’

पहिले पेट्रोल र डिजेलमा सडक निर्माणका लागि एक रुपैयाँ कर लगाउँदा भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘पछि बूढीगण्डकीका नाममा १० रुपैयाँ उठाइयो र पूर्वाधार कर भन्दै उठाइराखियो, अन्य क्षेत्रमा पनि सरकारलाई पैसा चाहियो पेट्रोलियममै कर लगाउने कुरा गलत छ ।’

उहाँले पेट्रोलियम पदार्थबाटै विभिन्न नामका करबाट सरकारका आवश्यकता पूरा गर्ने कुरा विगतदेखि नै बेठीक भएको बताउनुभयो ।