अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मूल्यवृद्धिले जनताको ढाड भाँच्चिएको छ : शान्ता चौधरी

मूल्यवृद्धिले जनताको ढाड भाँच्चिएको छ : शान्ता चौधरी


काठमाडौं – नेकपा एमालेकी नेतृ तथा प्रतिनिधिसभा सांसद शान्ता चौधरीले वर्तमान सरकार धनीहरुको मात्र भएको दाबी गर्नु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘पेट्रोल, ग्यास, डिजेल, मट्टितेललगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्रीमा सरकारले जसरी मूल्यवृद्धि गरेको छ । यसले जनताको ढाड ठसक्क हुने गरी भाँचिएको छ।’

उहाँले सरकार गरीबहरुको नभएको दाबी गर्नुभयो । ‘जनताले सोध्न थालेका छन्, यो सरकार धनीहरुको मात्र सरकार हो ? यो सरकार गरीबहरुको होइन ? यो सरकार गरीबहरुको होइन, धनीहरुको हो । किनभने, जुन पार्टीको नेतृत्वको सरकार छ, त्यो पार्टीका नेताहरुले भाषण गरेको सुनेको छु, हाम्रो पार्टी गरिबहरुको होइन भनेर ।’