अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रको पूर्व स्थायी कमिटी बैठक बस्दै, निर्वाचनको समिक्षा गर्ने

माओवादी केन्द्रको पूर्व स्थायी कमिटी बैठक बस्दै, निर्वाचनको समिक्षा गर्ने


काठमाडौं – नेकपा माओवादी केन्द्रका पूर्व स्थायी कमिटी सदस्यको बैठक आज बस्दै छ । अपरान्ह ३ बजेका लागि बैठक बोलाइएको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको नेता गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । बैठकमा स्थानीय निर्वाचनपछिको समीक्षा र जनप्रतिनिधिबाट आएका प्रतिक्रियाका बारेमा छलफल गर्न लागिएको छ ।

माओवादीले गत बुधबार र बिहीबार राजधानीमा देशभरका आफ्ना जनप्रतिनिधिलाई बोलाएर प्रशिक्षण दिएको थियो ।