काठमाडौं – आईसीसी यू–१९ महिला विश्वकप क्रिकेटको एशिया क्वालीफायरमा नेपाल युएईसँग १० विकेटले पराजित भएको छ। मलेसियामा जारी प्रतियोगितामा नेपालले दिएको ९ रनको एकदमै झिनो लक्ष्य युएईले १।१ ओभरमा पूरा गरेको थियो।
युएईको लगातार दोस्रो जीत रहेको छ। युएईलाई जिताउनका लागि तिर्था सतिसले ४ तथा लाभन्या केनीले ३ रनको नटआउट पारि खेले।
टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ८।१ ओभरमा ८ रन बनाउँदै सवै विकेट गुमाएको थियो। यो नै महिला यू १९ टी २० क्रिकेटको सर्वाधिक कम स्कोरको म्याच बन्न पुगेको छ। नेपालले ८।१ ओभरमा ८ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो।
नेपालका लागि स्नेहा महराले ३ रन बनाउँदा मनिसा रानाले २ रन नटआउट बनाउनुभयो। यसैगरी अनु कडायत, किरण कुमारी कुँव र आस्मा पुलामीले १–१ रनको योगदान गर्नुभयो ।
अरु खेलाडीले खाता पनि खोल्न असफल रहे। युएईकी महिका गौरले ५ विकेट लिँदा इन्दुजा नन्दाकुमारले ३ विकेट हात पार्नुभयो ।
प्रतिक्रिया