अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सर्वनाम शिक्षालयका होस्टेल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप, प्रिन्सिपल प्रहरी नियन्त्रणमा

सर्वनाम शिक्षालयका होस्टेल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप, प्रिन्सिपल प्रहरी नियन्त्रणमा


काठमाडौं– काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेनले होस्टलमा बस्ने छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भएका छन्।  

होस्टेलमा बस्ने छात्राहरूले यौन दुर्व्यवहारको आरोप लगाएका वार्डेन पक्राउ नगरिएको भन्दै शिक्षालय अगाडि आन्दोलन गरिएको हो।

यसैबीचमा महानगरीय प्रहरी वृत्त बौद्धले शिक्षालयका प्रिन्सिपल दुर्गानाथ सिवकोटी र उहाँको श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

आरोपित वार्डेन बस्नेत भने अहिले फरार रहेका छन् । उनको खाेजीकार्य भइरहेकाे महानगरीय प्रहरी वृत्त बाैद्धका डिएसपी ढुण्डीराम न्यौपानेले बताउनु भयो ।