भक्तपुर – मध्यपुरथिमि नगरपालिका-१ मनहरास्थित सुकुम्बासी बस्तीमा आज करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । आफ्नो बनाउँदै गरेको घरको ढलानको तार मिलाउने क्रममा करेन्ट लागेर सुकुम्वासी बस्तीमा बस्ने ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
प्रहरीले शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज पठाएर अनुसन्धान सुरु गरेको जानकारी उहाँले दिनुभयो ।







प्रतिक्रिया