अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालिगण्डकीको बिजुली आजदेखि भारत निर्यात

कालिगण्डकीको बिजुली आजदेखि भारत निर्यात


काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत् शनिवार राति १२ बजेबाट निर्यात सुरु गर्न लागेको हो ।

प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज आइएक्समा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ ।
कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत् भारत निर्यात गर्ने छ । कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३।२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत् भारत निर्यात हुने छ ।

वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युत गृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिवार रातिबाट निर्यात हुने विद्युत्को औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ ,७ भारु रहेको जानकारी दिुनभयो । ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ ,१२ भारु, न्यूनतम २।३८ रुपैयाँ १.४९ भारु र औसत दर ११.२ रुपैयाँ ७ भारु छ’, घिसिङले भन्नुभयो । ।