अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्घटनामा घाइते राप्रपा खोटाङका नेता जीवन श्रेष्ठको निधन

दुर्घटनामा घाइते राप्रपा खोटाङका नेता जीवन श्रेष्ठको निधन


काठमाडौं – सवारी दुर्घटनामा राप्रपा खोटाङका नेता एवम् पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको निधन भएको छ ।

खोटाङमा सवारी दुर्घटनामा परी घाइते भएका श्रेष्ठको काठमाडौंको न्युरो अस्पतालमा उपचारको क्रममा आज विहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठ १५ वर्षभन्दा लामो समयसम्म खोटाङ जिल्लाको राप्रपा अध्यक्ष रहेका थिए ।

श्रेष्ठको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलन र राप्रपालाई ठूलो क्षति भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।