निजगढ – निजगढ नगर उद्योग बाणिज्य संघको प्रथम अघिवेशनबाट अध्यक्षमा दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
आइतबार बिहान सम्पन्न मतपरिणाम अनुसार संघमा श्रेष्ठको प्यानल नै विजयी भएको छ । मत परिणामअनुसार अध्यक्षमा श्रेष्ठले ८६ मत अन्तरले विजयी भएका हुन् । श्रेष्ठले १८९ मत प्राप्त गरेका छन् भने उहाँनका प्रतिद्वन्द्वी रविकुमार बर्तौलाले १०३ मत प्राप्त गर्नुभयो ।
३७६ मतदाता रहेकोमा निर्वाचनमा ३०७ मत खसेको थियो । मतपरिणाम घोषणा भए लगत्तै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबै व्यवसायीहरूलाई समेटेर व्यवसायीको हितमा काम गर्ने बताउनु भयो । संघको प्रथम उपाध्यक्षमा १६३ मत ल्याएर गोरखबहादुर खड्का, द्वितीय उपाध्यक्षमा २०० मत ल्याइ नवराज मैनाली, तृतीय उपाध्यक्षमा २०३ मत ल्याएर उषा लामा मोक्तान विजयी भएका छन् ।
यस्तै महासचिवमा १५१ मतका साथ गोविन्द न्यौपाने र कोषाध्यक्षमा १८८ ल्याई होमप्रसाद न्यौपाने (महेश) विजयी भएका छन् । वाणिज्यतर्फ सचिवमा १६३ मतसहति विजय तिमल्सिना र उद्योगतर्फ सचिवमा १६९ मतका साथ विष्णुप्रसाद रिसाल निर्वाचित भएका थिए ।
१२ खुला सदस्य पदका लागि २४ जनाको प्रतिस्पर्धामा श्यामकुमार श्रेष्ठ १७१ मत, उमेश दाहाल १८६ मत, सरोज कोइराला १७७ मत, सीताकुमारी गौतम (उप्रती) १६८ मत, कृष्णबहादुर सुनार १६६ मत, अजित कोइराला (इराज) १७५ मत, भोलाप्रसाद तिमल्सिना १६२ मत, दिपा सापकोटा १६९ मत, उत्सव श्रेष्ठ १९९ मत, अरुणकुमार साह १६४ मत, अभिषेक शर्मा (वैकुण्ठ) १८५ मत र गणेशबहादुर क्षेत्री (रायमाझी) १७३ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।







प्रतिक्रिया