अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्र नेतादेखि कार्यकर्तासम्म वार्षिक १०० रुपैयाँ उठाउँदै

माओवादी केन्द्र नेतादेखि कार्यकर्तासम्म वार्षिक १०० रुपैयाँ उठाउँदै


काठमाडौं – नेकपा माओवादी केन्द्रले नेतादेखि कार्यकतासम्मबाट वार्षिक १०० सय रुपैयाँ उठाउने भएको छ ।

प्रचण्ड निवास खुमलटारमा आइतबार बिहान बसेको पूर्व स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो । पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलका अनुसार पार्टी सदस्यबाट वार्षिक १०० सय लेवी उठाउने निर्णय गरिएको छ ।

पार्टी कार्यालय सञ्चालनदेखि पार्टीका महत्वपूर्ण इभेन्ट सञ्चालन गर्न वार्षिक एकसय रुपैयाँ उठाउने निर्णय गरेको हो । कुल ८ लाख पार्टी सदस्यबाट वार्षिक एक सय रुपैयाँ उठाएमा कुल ९६ करोड रुपैया जम्मा हुने भएको छ ।