काठमाडौँ – प्राइम कमर्सियल बैंक लिमिटेडले जेष्ठ ३१ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
बैंकले वार्षिक १०.१५ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकले जेठ ३१ गतेदेखि ५ वर्ष अवधि रहेको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर २०८४’ निष्काशन तथा बिक्री खुला गर्ने छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । जसमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगतका लागि छुट्याइको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमा सामूहिक लगानी कोषहरुले आवेदन नदिएको बैंकले जनाएको छ ।
बैंकको उक्त ऋणपत्रमा असार ३ गतेसम्ममा र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा असार १४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्ने छन् ।







प्रतिक्रिया