ललितपुर – नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन गरेर चुनाव जितिए पनि देश नबन्ने बताउनुभएको छ ।
एमाले पार्टी मुख्यालय ललितपुरमा आइतबार सहकारी तथा गरिवी निवारण विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । भन्नुभयो, ‘दलहरुबीचको गठबन्धन चुनाव जित्नका लागि काम लागे पनि मुलुक निर्माणका लागि काम लाग्दैन ।’
उहाँले विदेशी मुद्राको सञ्चिती, मूल्यवृद्धि, रेमिट्यान्स लगायतका क्षेत्रमा देखिएका समस्याबाट गठबन्धनको हालत प्रस्ट हुने बताउनुभयो । भन्नुभयो, ‘एमाले भित्र पनि आगामी निर्वाचनमा गठबन्धन गरेर जानु पर्ने विषय चल्न थालेको छ, चुनाव जित्नका लागि गठबन्धन ठिक भएपनि मुलुक निर्माणका लागि गठबन्धन काम लाग्दैन ।’







प्रतिक्रिया