बिर्तामोड – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटीका विजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ।
बिर्तामोड झापाको होटल किंग्सबरीमा यही जेठ २१ गते सम्पन्न गरिएको उक्त सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गर्नु भएको थियो ।
भारतका वरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करीब १५० जना विजेता अभिकर्ताहरुलाई एमडीआरटीरकटरटीओटी जस्ता उत्कृष्ट टाईटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिनु भएको थियो ।
अमेरिकामा केन्द्रीय कार्यालय रहेको अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडइआरटी अर्थात् मिलियन डलर राउन्ड टेबलमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट चारजना कटसहित १५७ जना अभिकर्ताहरु एमडीआरटीका लागि योग्य भएका थिए।







प्रतिक्रिया