काठमाडौं – काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ट्यांकी विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
पम्पमा रहेको पुरानो मट्टितेलको ट्यांकी खाली गरी प्वाल टाल्नका लागि वाइल्डिङ गर्ने क्रममा विस्फोट भएको हो । वेल्डिङको काम गरिरहेका मिस्त्रीहरु विस्फोटका कारण घाइते भएको प्रहरीले जनाएको छ।
घटनामा पर्सा जगन्नाथपुर गाउँपालिका-३ घर भई हाल कालीमाटी बस्दै आएका किशोरी शाह र सोही ठाउँका कालीमाटी नै बस्दै आएका दिपक कुमार शाह घाइते भएका हुन् ।
किशोरीको बायाँ खुट्टा जली फ्याक्चर भएको छ भने दायाँ खुट्टा, अनुहार, दुवै हात र छाती जलेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। त्यस्तै दिपक कुमारको बायाँ गालामा थोरै पोलेको प्रहरीले जनाएको छ।
दुवै जनालाई उपचारका लागि वीर अस्पताल ट्रमा सेन्टर लगिएको छ।







प्रतिक्रिया