अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

इम्बोस्ड नम्बर कमिसनको खेल बाहेक केही होइन : प्रेम सुवाल

इम्बोस्ड नम्बर कमिसनको खेल बाहेक केही होइन : प्रेम सुवाल


काठमाडौं – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले इम्बोस्ड नम्बर कमिसनको खेल बाहेक केही नभएको बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभामा जारी बजेटको मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलमा बोल्दै सांसद सुवालले यस्तो बताउनु भएको हो ।

‘अहिले नेपाललाई इम्बोस्ड नम्बरको आवश्यक छैन । सामान्य, साधारण नम्बर प्लेट भए हुन्छ ।’ इम्बोस्ड नम्बरको खाँचो नभएको बताउँदै सांसद सुवालले भन्नुभयो, ‘यो मन्त्रीहरु, कर्मचारीहरुले कमिसनको लोभमा जबरजस्ती गर्न लागिएको प्रपञ्च बाहेक केहि होइन ।’

सो अवसरमा सांसद सुवालले सबै कुरामा कमिसनलाई मात्र नदेख्न समेत मन्त्रीहरुलाई आग्रह गर्नुभयो ।