अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि काठमाडौं महानगर ‘कल सेन्टर’ सञ्चालनमा

आजदेखि काठमाडौं महानगर ‘कल सेन्टर’ सञ्चालनमा

१६६००१ ०५५११ मा फोन गर्न सकिने


काठमाडौँ – महानगरपालिकाको कल सेन्टर गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र आजदेखि सञ्चालन ल्याइएको छ।

नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो। निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रिय सभा गृहमा केन्द्र सञ्चालन गरिएको हो।

महानगरलाई उत्तरदायी स्थानीय सरकारका रुपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले बताउनु भयो ।

अब महानगरसँग कुनै गुनासो गर्नु छ भने वा केही सोधपुछ गर्नु छ भने निःशुल्क टेलिफोन १६६००१ ०५५११ मा सम्पर्क गर्न सकिने भएको छ।