अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्यांकरले ठक्कर दिँदा स्कुटर चालकको मृत्य

ट्यांकरले ठक्कर दिँदा स्कुटर चालकको मृत्य


भक्तपुर – भक्तपुरमा दूध बोकेको ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा-५ का ४५ वर्षीय नकुल थापा रहेका छन्।

मध्यपुरठिमी नगरपालिका-१ लोकन्थली चोकमा भक्तपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प १६२० नं को स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ०५८० नं को दूधको ट्याङकरले ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका थापालाई उपचारको लागि नागरिक अस्पताल ठिमी लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो। 

ट्यांकर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने वर्ष ३५ को राजन ब्यान्जुलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको जनाएको छ।