अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङमा श्रीमतीद्वारा श्रीमानको हत्या

दाङमा श्रीमतीद्वारा श्रीमानको हत्या


दाङ – दाङमा एक महिलाले श्रीमानको हत्या गरेका छन् ।

अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका-१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ ।

आज बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । हत्याको आरोपमा प्रहरीले गायत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभयो ।