अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिपी गौतम अब शसस्त्र प्रहरीको एआइजी

सिपी गौतम अब शसस्त्र प्रहरीको एआइजी


काठमाडौं- सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआईजी चन्द्र प्रकाश गौतम अतिरिक्त महानिरीक्षक एआईजी मा बढुवा हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई रिक्त एक एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।
राजु अर्याल आईजीपीमा बढुवा र अर्का एआईजी रामशरण पौडेल अनिवार्य अवकासमा गएपछि वैशाख १९ गतेबाट २ एआईजी रिक्त भएको थियो।
एउटा पदमा यसअघि नै नारायणदत्त पौडेल बढुवा हुनुभएको थियो। पौडेललाई बढुवा गर्ने निर्णय भएकै दिन अर्को एआईजी बढुवाका लागि सूचना प्रकाशन गरिएको थियो।

गौतम हाल कार्यरत डीआईजी मा वरिष्ठ हुनुहुन्थ्यो।