अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चारदिन देखि हराएकी सुर्खेतकी एक बालिकाको शब मकैबारीमा फेला

चारदिन देखि हराएकी सुर्खेतकी एक बालिकाको शब मकैबारीमा फेला


सुर्खेत – सुर्खेतमा चार दिनदेखि हराएकी एक बालिकाको शव भेटिएको छ । गुर्भाकोट नगरपालिका–५ धारापानीकी अन्दाजी ७ बर्षीया बालिका ग्रीस्मा विक मृत अवस्थामा भेटिएकी हुन् ।

शुक्रबार हजुरआमासँगै नेपाली काँग्रेस पार्टीको एउटा कार्यक्रममा गएकी उनी त्यहीँबाट वेपत्ता भएकी थिइन् । सुरुमा आफन्तको घरमा गएको हुनसक्ने आंकलन गरेपनि लामो समयसम्म नफर्केपछि प्रहरीमा खबर गरिएको थियो ।

उनको शव मंगलबार घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सोही ठाउँका एक जना २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ ।