काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन आयोगका मुख्य पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिह्न मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाहीका लागि सरकारलाई निर्देशन सभामुख अग्निप्रसाद सापकोटाको पनि गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।
प्रतिक्रिया