अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा एमाले सांसदको प्रश्न- प्रहरीलाई गोली चलाउने आदेश कसले दियो ?

संसदमा एमाले सांसदको प्रश्न- प्रहरीलाई गोली चलाउने आदेश कसले दियो ?


काठमाडौं – एमाले सांसदहरूले प्रतिनिधिसभा बैठकमा सरकारको कडा आलोचना गर्नुभएको छ ।

बर्दियाको मधुवन नगरपालिकामा सोमबार प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सांसदहरूले सरकारको कडा आलोचना गर्दै प्रहरीलाई गोली हान्ने आदेश कसले दियो भन्दै गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ ।

सांसदहरू खगराज अधिकारी, भीम रावल, विमला विक, सूर्य पाठक, लालबहादुर थापा, यज्ञबहादुर बोगटीले बर्दियाको गोलीकाण्डबारे सरकारको विरोध गर्नुभएको हो । एमाले सांसद घनश्याम खतिवडाले गृहमन्त्री बालकृष्ण खाँणको जवाफप्रति आपत्ति जनाउँदै बर्दियामा भएको गोलीकाण्डबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्नुभयो ।