काठमाडौं – एमाले सांसद वसन्तकुमार नेम्वाङले गठबन्धन सरकारले अघिल्लो एमाले सरकारले ल्याएका १४ सय आयोजना बजेटबाट हटाएको भन्दै आपत्ति जनाउनुभएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा भाग लिनुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकमा खर्च कटौती प्रस्ताव प्रस्तुत गर्दै अहिलेको सरकारले भौतिक पूर्वाधारका योजनाबारे राम्रोसँग बजेट छुट्याउन नसकेको आरोप लगाउनुभयो ।
अहिलेका भौतिक पूर्वाधार मन्त्रीसँग मन्त्रालय चलाउने ढंग नै नपुगेको, आसेपासे योजनालाई हचुवाको भरमा बजेट छुट्याइएको बताउनुभयो । सोही कारण पनि आफूले एक रुपैयाँ बजेट राख्नुपर्ने प्रस्ताव प्रस्तुत गरेको उहाँको भनाइ छ ।
प्रतिक्रिया