काठमाडौं – अब काठमाडौं उपत्यकामा आवासीय प्रयोजन अर्थात् घर बनाउनका निम्ति ४ आना (१३० वर्गमिटर) भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भू-उपयोग नियमावली २०७९ मा सो व्यवस्था गरिएको हो।
मन्त्रालयले यो राजपत्रमा प्रकाशन गरी लागू गरिएको छ । नियमावलीमा आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्तासँगमिलान गर्न उपयुक्त देखिएमा भने कित्ताकाट हुन सक्ने व्यवस्था गरिएको छ । यसका लागि सम्बन्धित स्थानीय तहले आवश्यकमापदण्ड निर्धारण गर्न सक्नेछ ।
त्यस्तै ५ सय वर्गमिटरभन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुनेगरी कित्ताकाट गर्न पाइने छैन । तराई र भित्री मधेशमा ६७५ मिटर भन्दा सानो हुने गरी कृषि क्षेत्रको कित्ताकाट गर्न नपाइने भएको छ । यी भू-भागभन्दा बाहेक भने एक हजार वर्ग मिटर हुनुपर्ने गरी तोकिएको छ ।
नियमावली अनुसार जग्गाको चक्लाबन्दी, एकीकरण, बस्ती विकास, सामूहिक खेती तथा सहकारी खेती सम्बन्धी आधार, मापदण्ड र कार्यान्वयन योजना बनाएर प्रदेश सरकारले लागू गर्न सक्ने भएका छन् ।
हेर्नुहोस् भू–उपयोग नियमावली-







प्रतिक्रिया