काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी डबल धमाका मुद्दती खाता सञ्चालनमा ल्याएको छ।
खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्ने छन्।
सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम १० हजार रुपैयाँमा नै खोल्न सकिनेछ। यस खातामा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ।
खातामा सावाँ रकमको ८० प्रतिशतसम्म ऋण पनि लिन सकिनेछ। यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ।
सेञ्चुरी बैंकले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।







प्रतिक्रिया