गुल्मी – घाँस काट्ने क्रमममा रुखबाट लडेर एक पत्रकारको मृत्यु भएको छ ।
धुर्कोट गाउँपालिका वडा नं. ४ जैसीथोक निवासी ३४ वर्षिय राजु भनेर चिनिने घनश्याम पोखरेलको आज मृत्यु भएको हो ।
पोखरेल आफ्नै घरभन्दा तल दिउँसो २ बजे आँपको रुखबाट लड्नु भएको थियो । उहाँलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनु भयो।







प्रतिक्रिया