अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्नातकोत्तर परीक्षामा अघिल्लो वर्षको प्रश्नपत्र हुबहु !

स्नातकोत्तर परीक्षामा अघिल्लो वर्षको प्रश्नपत्र हुबहु !


काठमाडौं – त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत राजनीति शास्त्रको स्नातकोत्तर पहिलो सेमेस्टरको परीक्षामा चरम लापरवाही भएको खुलासा भएको छ ।

स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा पब्लिक अर्थशास्त्रको प्रश्न पत्र अघिल्लो वर्षसँग हुबहु मेल खाएको घटनाबारे अनुसन्धान जारी हुँदै गर्दा राजनीतिशास्त्र विषयमा पनि सोही समस्या दोहोरिएको छ ।

२३ जेठमा सञ्चालित राजनीति शास्त्रको स्नातकोत्तर तह पहिलो सेमेस्टरको इन्टरनेशनल पोलिटिक्स विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ । यो विषयको सन् २०२१ र सन् २०२२ सञ्चालित परीक्षाको प्रश्नपत्र एउटै छ । खाली प्रश्नपत्रको क्रममात्र तलमाथि गरिएको छ ।

सामान्यतया आक्कलझुक्कल एकाध प्रश्न दोहोरिनु स्वाभाविक भए पनि पुरै सेट नै एउटै हुनुले नियतवश र नियोजित रूपमा श्रृङ्लावद्ध प्रश्नपत्रहरु दोहोरिएको आशंका गर्न थालिएको छ ।

अहिले सन् २०२१ को परीक्षा सञ्चालन भइरहेको र सन् २०२० को परीक्षामा आएका प्रश्नहरू सबै मेल खाएको घटना सामान्य होइन । यसले प्रश्न पत्रको गोपनीयतामाथि नै प्रश्न उठेको छ ।

न्तर्राष्ट्रिय राजनीति–५५३ को पहिलो खण्डको लामो उत्तरको १० नम्बरको तीन वटै प्रश्न पत्र हुबहु मिलेको छ । दोस्रो खण्डको ५/५ नम्बरको १० वटा प्रश्नहरू क्रमसंख्या तलमाथि गरेर सबै मिलेको देखिन्छ ।

२०२१ को परीक्षाको प्रश्नमा २०२० मा सोधिएको ११ नं.को प्रश्न ४ मा, १२ नं.को ६ मा, १२ नं.को ७ मा, ७ नं.को ८ मा, ८ नं.को ९ मा, ९ नं.को १० मा, १० नं.को ११ मा र ४ नं.को १२ नं.मा सोधिएको छ । ५ र १३ क्रमसंख्या भने उही रहेको छ ।

सन् २०२० र २०२१ को प्रश्न पत्र जस्ताको त्यस्तै