धनुषा – मधेस प्रदेशको प्रदेशसभाबाट नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ ।
आज प्रदेशसभामा नवौं अधिवेशनको पाँचौं बैठकबाट प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रम पारितका लागि गरिएको प्रस्तावमाथि संशोधन प्रस्ताव परेको थियो ।
मुख्यमन्त्री लालबाबु राउतले सबैका सुझाव समेट्ने प्रतिवद्धता जनाएपछि प्रदेश सांसद दिलिपकुमार साह, परमेश्वर साह, बच्चालाल यादव, बाबुलाल साह, सुन्दरबहादुर विश्वकर्माले संशोधन प्रस्ताव फिर्ता लिनु भएको थियो ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत रहेको छोरी बिमा कार्यक्रमका लागि ग्लोबल आइएमईसँग सम्झौता भएको बताउनु भयो । उहाँले गणतन्त्रका प्रणेता राजाराम सिंह र गजेन्द्रनारायण सिंहको प्रतिमूर्ति बनाउने योजना रहे पनि बनाउन नसकिएको भन्दै यसलाई गम्भीरतापूर्वक लिएको बताउनु भयो।
उहाँले भन्नुभयो, ‘गणतन्त्रका प्रणेता राजाराज सिंह र गजेन्द्रनारायण सिंहको स्टेच्यू बनाउन म मुख्यमन्त्री आफैले सबैथोक गर्न सम्भव नभए पनि हामीले नै गर्नुपर्ने छ र बजेट ल्याउँदा पनि कार्यान्वयन नभएको जिम्मेवारी मैले नै लिनु पर्छ ।’






प्रतिक्रिया