अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्षाले फट्टेको पुलमा क्षति, मर्मत गरिँदै

वर्षाले फट्टेको पुलमा क्षति, मर्मत गरिँदै


सिन्धुपाल्चोक – अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ । गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ ।

वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युमपाइप जडित फट्टेको पुलमा क्षति पुगेको छ । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ ।

अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङसहितको टोलीले उक्त क्षेत्रको अनुगमन गरेपछि पुलको मर्मत थालिएको छ । मेलम्ची नगरपालिका–७ र ११ जोड्ने फट्टेमा अस्थाई कल्भर्टमा क्षति पुगेसँगै यातायात सेवा अवरूद्व भएको छ ।