अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ का दुई फरक स्थानमा सवारी दुर्घटना, २ जनाको मृत्यु

प्रदेश १ का दुई फरक स्थानमा सवारी दुर्घटना, २ जनाको मृत्यु


विराटनगर – तेह्रथुम र पाँचथरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ को भित्री सडक खण्डबाट म्याङलुङबाट तमोर तर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सय मिटर तल झर्दा चालक फेदाप गाँउपालिका–५ ईसिबुका २६ बर्षीय रबिन खापुङको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यसैगरी पाँचथरको हिलिहाङ गाउँपालिका–७ सल्लेरीमा बुधवार दिउँसो ट्याङकरले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

पाँचथरबाट झापा तर्फ जाँदै गरेको मे १ ख २४९४ नम्बरको ट्याङकरले र बिपरित दिशा तर्फ जाँदै गरेको को. ५ प २३३० नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका चालक रामधुनी नगरपालिका–७ सुनसरीका २६ बर्षीय प्रेम घिसिङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।