अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पनि बन्चरेडाँडा जान सकेनन् फोहोर बोकेका गाडी

आज पनि बन्चरेडाँडा जान सकेनन् फोहोर बोकेका गाडी


काठमाडौं – काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या आएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न स्थानीयले रोकेपछि बिहीबार पनि फोहोर बोकेका गाडी त्यहाँ गएका छैनन् ।

सुरक्षाको प्रत्याभूति नभएपछि फोहोरका गाडी पठाउने/नपठाउनेबारे अन्योल भएको बताइएको छ । प्रहरीहरु नै घाइते हुने गरी झडप भएपछि बुधबार गएका गाडी फोहोर नखसाली काठमाडौैं आएका थिए ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा गाडी नै तोडफोड भएकाले सुरक्षाको थप व्यवस्था गरेर मात्रै पठाउन छलफल भइरहेको बताउनुभयो ।

हिजोको झडपमा चारजना प्रहरी र केही स्थानीयवासी पनि घाइते भएका थिए ।