अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समयमा पाठ्यपुस्तक पुर्‍याउन नसक्ने जनक शिक्षा खारेज गरौं : सांसद नविना

समयमा पाठ्यपुस्तक पुर्‍याउन नसक्ने जनक शिक्षा खारेज गरौं : सांसद नविना


काठमाडौं – नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पु¥याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताउनुभएको छ । उहाँले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न र पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन पनि माग गर्नुभयो ।

आजको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद लामाले भन्नुभयो, ‘कक्षा ६ र ८ को पुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो, जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरुले पुस्तक कहिल्यै पाएनन् । यदि छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री किन चाहियो ? सरकारले किन पैसा दिइरहने ? खारेज गरौं ।’

जनक शिक्षा सामग्रीको व्यवस्थापनको कमजोरीले विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक नपाएको बताउँदै उहाँले त्यहाँका पदाधिकारी जवाफदेहीसमेत नबनेको बताउनुभयो ।

शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।