अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बल प्रयोग गरेर फोहोर व्यवस्थापन गर्ने कार्य बन्द गरौं : एमाले सांसद खतिवडा

बल प्रयोग गरेर फोहोर व्यवस्थापन गर्ने कार्य बन्द गरौं : एमाले सांसद खतिवडा


काठमाडौं – एमाले सांसद नारायणप्रसाद खतिवडाले बल प्रयोग गरेर काठमाडौंको फोहोर नुवाकोटको बन्चरेडाँडामा व्यवस्थापन गर्ने कार्य बन्द गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उहाँले फोहोर व्यवस्थापनका नाममा जनतामाथि सुरक्षाकर्मी लगाएर बल प्रयोग नगर्न आग्रह समेत गर्नुभयो । उहाँ नुवाकोटबाट निर्वाचित सांसदसमेत हुनुहुन्छ ।

संसद्मा बोल्दै उहाँले भन्नुभयो, ‘जेठ महिनाको २४ र २५ गते नुवाकोट जिल्लाको ककनी र धादिङ जिल्लाको धुनिबेसीबीचको बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको छ ।’

सांसद खतिवडाले विगतमा राज्यले स्थानीय जनतासँग गरेको बाचा पूरा गरेर मात्रै फोहोर लैजान भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।